प्रधानमन्त्रीले भने : प्रदेश र स्थानीय सरकार स्वतन्त्र सरकार होइनन्

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश सरकार र स्थानीय सरकार स्वतन्त्र सरकार नभएको बताएका छन् । प्रदेश र स्थानीय सरकार केन्द्र सरकारमातहत भएकाले स्वतन्त्र सरकारले झैँ गतिविधि गर्न नमिल्ने बताएका हुन् । 

सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा केही सांसदले प्रदेश सरकारलाई केन्द्र सरकार मातहतजस्तो व्यवहार भएको भन्दै प्रश्न उठाएका थिए । त्यसको जवाफमा प्रधानमन्त्रीले यो कुनै अनौठो कुरा नभएको र प्रदेश तथा स्थानीय सरकार केन्द्रकै मातहतमा रहेको प्रस्ट पारेका हुन् । 

‘अहिले ७६१ सरकार छन्, सबै स्वतन्त्र सरकार होइनन्,’ ओलीले भने, ‘संघीय सरकार, संघीय कानुनको मातहतमै प्रदेश सरकार र स्थानीय सरकारहरु हुन्छन् । यो पनि कुनै अनौठो कुरा हो र ?’

प्रदेश सरकार स्वतन्त्र सरकार होइन भन्नेमा अलमल नराख्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबीच समन्वय गर्नका लागि प्रदेश समन्वय परिषद र अरु समन्वयकारी कामहरु भइरहेको बताए । 

चालू आर्थिक वर्षमा कुन सरकारले के काम गर्ने भन्ने विषयमा आफूले बसाएको प्रधानमन्त्री ओलीको दाबी थियो । 





  • प्रकाशित मिति : बैशाख २४, २०७६ मंगलबार १४:४७:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया