logo-img

सेयर बजार बढेर २७६० अंकमा पुग्यो, ११ अर्ब ३१ करोड कारोबार

साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक बढेको छ । आज नेप्से परिसूचक २२.१४ अंक बढेर २७६०.२१ विन्दुमा पुगेको हो । 

त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स ३.६१ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.५९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३३ अंक बढेको हो । नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ ।

अघिल्लो कारोबार दिन ९ अर्ब ७७ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०२ स्टकको १ लाख १३ हजार ९६४ पटकको कारोबारमा ११ अर्ब ३१ करोड ५२ लाख ७ हजार रुपैयाँ बराबरको २ करोड ४५ लाख ५७ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।  





  • प्रकाशित मिति : कात्तिक २६, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया