logo-img

नीतिगत भ्रष्टाचारको बारेमा स्पष्ट हुनुपर्छ : रामहरि खतिवडा

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नीतिगत भ्रष्टाचारको बारेमा स्पष्ट हुनुपर्ने बताएका छन् । सोमबार राज्य व्यवस्था समितिको बैठकमा बोल्दै उनले नीतिगत भ्रष्टाचारसँगै निजामती विधेयकको बारेका पनि छिटै छलफल गर्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘हामी धेरै कुरामा निकै अगाडि  गइसकेका छौँ । निजामती विधेयकको बारेका पनि छिटै छलफल गर्नुपर्ने छ । नीतिगत भ्रष्टाचारको बारेमा के गर्ने यसमा स्पष्ट हुनु जरुरी छ । निजी क्षेत्रको कुरालाई टुङ्गोमा पुर्‍याइसकेका छौँ ।’

उनले अख्तियारमा मुद्दा परेको समयावधि कति समयसम्म अन्त्य गर्ने यी विषयमा केन्द्रित भएर उपसमितिले चाँडै प्रतिवेदन ल्याउने बताए । यसै गरी, सांसद माधवप्रसाद सापकोटाले बेनामे उजुरी राख्ने चलन अन्त्य गर्नुपर्ने बताए । उनले भने, ‘आफ्नो नाम नै राख्न नसक्नेले उजुरी गर्दा केही न केही डिफल्ट छ । बेनामे उजुरी राखिन हुन्न ।’

साथै, उनले सात वटै प्रदेशमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको शाखा राख्नुपर्ने बताए । उनले सातै प्रदेशमा अफिस राख्ने कुराले केन्द्रको बोझलाई घटाउने तथा सेवा प्रवाहमा छिटोपना आउने बताए । 





  • प्रकाशित मिति : कात्तिक २६, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया