९ माघ, २०८२ शुक्रबार
Jan. 23, 2026

नेपालले कुवेतलाई दियो २१४ रनको लक्ष्य, कप्तान पुजाको कीर्तिमानी शतक

आइसिसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत आफ्नो पाँचौं खेलमा नेपालले कुवेतलाई २ सय १४ रनको लक्ष्य दिएको छ ।

दुबईस्थित द सेभेन स्टेडियममा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २ सय १३ रन बनायो ।



नेपालका लागि कप्तान पुजा महतोले शतकीय इनिङ खेलिन् । उनले ६९ बलमा १७ चौकासहित अविजित १३० रनको पारी खेलेकी हुन् ।

योसँगै पुजाले इतिहास रचिन् । उनी अब यू–१९ क्रिकेटमा शतक बनाउने पहिलो नेपाली महिला क्रिकेटर बनेकी छन् । यस्तै, पुजाले नेपालका लागि महिला क्रिकेटमा उच्च स्कोर बनाउने रेकर्ड पनि बनाइन् । 



यस्तै, कुवेतविरुद्ध सोनी पाख्रिनले अविजित ४३, सावित्री धामीले ११ तथा साना प्रवीनले ६ रन जोडे । कुवेतका लागि कप्तान जिफा जिलानी र मारिना डि सोजाले एक/एक विकेट लिए ।   

जारी प्रतियोगितामा नेपालले ४ खेलमा ३ जित र एक हार बेहोर्दै अङ्कतालिकामा ४ खेलमा ६ अङ्कसहित दोस्रो स्थानमा रहेको छ । त्यस्तै, कुवेतले अहिलेसम्मका चारै खेलमा हार बेहोरेको छ । 

छनोट प्रतियोगिता नेपाल, कुवेत, यूएई र थाइल्याण्ड सहभागी छन् ।   



  • प्रकाशित मिति : २७ कात्तिक, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया