logo-img

सेयर बजारमा ११.२४ अंकको गिरावट, कारोबार रकम पनि खुम्चियो

मंगलबार नेप्से परिसूचक घटेको छ । पछिल्ला दुई कारोबार दिन निरन्तर बढेको नेप्सेमा आज भने सामान्य घटेको हो । 

आज नेप्से परिसूचक ११.२४ अंक घटेर २७४८.९६ विन्दुमा झरेको छ। त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स पनि १.९३ अंक घटेको । आज फ्लोट इण्डेक्स ०.७३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स पनि ०.५४ अंक घटेको हो ।

नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन अर्थात सोमबार ११ अर्ब ३१ करोडको सेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१२ स्टकको ८२ हजार ५७० पटकको कारोबारमा ७ अर्ब ८५ करोड ९७ लाख रुपैयाँ बराबरको १ करोड ६७ लाख ८६ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।  





  • प्रकाशित मिति : कात्तिक २७, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया