logo-img

डेडिकेटेड ट्रंकलाइन विवाद : विद्युत् काटिएका उद्योगमा लाइन जोड्ने निर्णय

नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले लाइन काटिएका २८ वटा उद्योगमा बिजुली जोड्ने निर्णय गरेको छ ।

मंगलबार बसेको बोर्ड बैठकले बिजुली जोड्ने निर्णय गरेको विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले जानकारी दिए । 

आइतबारको मन्त्रिपरिषद् बैठकले २४ घण्टाभित्र बिजुली जोड्ने र १५ दिनभित्र टाइम अफ डे (टीओडी) मिटरको आधारमा बक्यौता महसुल उठाउने निर्णय गरेको थियो ।

प्राधिकरणले ८ कात्तिकमा डेडिकेटेड र ट्रंकलाइनको बक्यौता नतिरेका उद्योगको बिजुली काटेको थियो ।  





  • प्रकाशित मिति : कात्तिक २७, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया