पोखरा– गण्डकी प्रदेश सरकारले फेवातालमा कफी सप खोल्ने भएको छ । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले सो जानकारी गराएका हुन् ।
मन्त्री लम्सालले गण्डकी प्रदेशले पर्यटनलाई मुख्य प्राथमिकतामा राखेको र त्यसैका लागि फेवातालमा फेवातालमा कफी सप खोलेर पर्यटकको संख्या बढाउने बताए । उनले उक्त कफी सपमा ‘पूरै अर्गानिक’ कफी मात्रै पाइने दाबी गरे ।
मन्त्रालयले पोखरामा गरेको पत्रकार सम्मेलन तथा अन्तक्र्रिया कार्यक्रममा मन्त्री लम्सालले फेवातालमा कफी पसल खोल्ने योजना सुनाएका हुन् । फेवाताल सिरानमा रहेको माटो थुप्रेको ठाउँमा कफी सप बनाउने योजना रहेको उनले बताए । मन्त्री लम्सालका अनुसार सो कफीको मूल्य १ कपको १ सय डलर पर्नेछ ।
त्यो गण्डकी प्रदेशमा उब्जिएको अर्गानिक कफी हुने दाबी गर्दै मन्त्री लम्सालले पर्यटकहरू कफी पिउन डुंगा चढेर आउने विश्वास व्यक्त गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।