logo-img

उपनिर्वाचनका लागि १७ स्थानमा रास्वपाले टुंग्यायो उम्मेदवार, को कहाँ ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आसन्न स्थानीय तहको उपनिर्वाचनका लागि १८ जना उम्मेदवारको नाम टुङ्ग्याएको छ ।

रास्वपाले ओखलढुङ्गा र कैलालीमा हुने जिल्ला समन्वय समितिको प्रमुखका लागि हुने निर्वाचनमा भने भाग नलिने भएको छ ।

उसले २५ स्थानका उम्मेदवार छनोट भने प्रक्रियामा रहेको जनाएको छ । रास्वपाले दैलेखस्थित महाबु पालिकाको अध्यक्षमा प्रकाश कुमार बुढा उम्मेदवार बनाउने निर्णय गरेको छ ।

यस्तै, रास्वपाले जाजरकोटको नलगाँड नगरपालिकाको उपाध्यक्षको उम्मेदवार पार्वती पुनलाई चयन गरेको छ । रास्वपाले दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा गोमा श्रेष्ठ, हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा सुजता फडेरा (थापा) लाई उम्मेदवार बनाएको छ ।



यस्तै, काठमाडौं महानगर वडा नम्बर १६ का लागि रोजिना श्रेष्ठ उम्मेदवार छनोट गरिएको छ ।

प्रमुख पदमा ग्रामथान गाउँपालिकाको अध्यक्ष, डाक्नेश्वरी नगरपालिका र कीर्तिपुर नगरपालिकाको प्रमुख, स्वामीकार्तिक खापर र पुथा उत्तरगंगाको उपाध्यक्षको उम्मेदवार चयन हुन बाँकी रहेको रास्वपाले जनाएको छ । 



१६ मंसिरमा हुने उपनिर्वाचनका लागि २ मंसिरमा उम्मेदवारी दर्ताको कार्यतालिका रहेको छ । ४४ पदका लागि उपनिर्वाचन हुन लागेको हो । 

रास्वपाले हालसम्म टुंगो लगाएका उम्मेदवारको सूची :



  • प्रकाशित मिति : कात्तिक २८, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया