हब इन्टरनेशनल एजुकेसन कन्सल्टेन्सीले आज नेपालमै पहिलोपटक ‘आइरिस एजुकेसन फेयर–२०२४’को आयोजना गर्ने भएको छ । एजुकेसन इन आयरल्यान्डको समर्थनमा हबले आज शैक्षिक मेला गर्न लागेको हो । उक्त शैक्षिक मेला आज बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म चल्ने हबले जनाएको छ । कार्यक्रम हबको केन्द्रीय कार्यालय हात्तीसार (लक्ष्मी सनराइज बैंकको ठीक अगाडि)मा हुँदैछ ।
दुई दशकदेखि शैक्षिक परामर्श क्षेत्रमा काम गर्दै आइरहेको हबले विदेशबाट उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीलाई सही गन्तव्य छनोट गर्न मद्दत मिलोस् भन्ने उद्देश्यले शैक्षिक मेला गर्न लागेको जनाएको छ । हबका अनुसार यो शैक्षिक मेलामा आयरल्यान्डका उत्कृष्ट विश्वविद्यालयका प्रतिनिधिको समेत सहभागिता छ ।
ट्रिनिटी कलेज डब्लिन, युनिभर्सिटी कलेज डब्लिन, युनिभर्सिटी कलेज कर्क, युनिभर्सिटी अफ गल्वे, नेशनल कलेज अफ आयरल्यान्ड, टेक्नोलोजिकल युनिभर्सिटी अफ श्यानन, डब्लिन बिजनेस स्कुल, ग्रिफिथ कलेजलगायत शैक्षिक संस्थाका प्रतिनिधिले कार्यक्रममा सहभागी हुने हबले जनाएको छ ।
हबले आयरल्यान्डको प्रायः सबैजसो विश्वविद्यालय तथा शैक्षिक संस्थामा नेपाली विद्यार्थीलाई पठनपाठनको व्यवस्था मिलाउँदै आएको छ । हबले स्थापनाकालदेखि हालसम्म १ हजारभन्दा बढी नेपाली विद्यार्थीलाई अध्ययनका लागि आयरल्यान्ड पठाइसकेको छ ।
आयरल्यान्ड नेपाली विद्यार्थीको लागि मात्र नभएर अन्तर्राष्ट्रिय विद्यार्थीका लागि पनि सबैभन्दा राम्रो गन्तव्य हो । आयरल्यान्डमा अंग्रेजी बोलिने भएका कारण त्यहाँ भाषाको समस्या हुँदैन । त्यस्तै, अन्य अंग्रेजी भाषा चल्ने देशको तुलनामा आयरल्यान्डको शैक्षिक शुल्क थोरै भएका कारण पनि मध्यम वर्गीय पारिवारिक पृष्ठभूमि भएका विद्यार्थी त्यहाँ अध्ययन गर्न रुचाउँछन् ।
विद्यार्थीले प्रतिनिधिहरूसँग भेटेर आयरल्यान्डको शैक्षिक प्रणाली, त्यहाँको शैक्षिक वातावरण, अध्ययनपछिका अवसर तथा चुनौतीका विषयमा वान टु वान वार्ता तथा छलफल गर्ने अवसर प्राप्त गर्ने हबले जनाएको छ ।
शैक्षिक मेलामा सहभागी हुन कुनै शुल्क नलाग्ने भएका कारण इच्छुक विद्यार्थी, अभिभावकलगायत सम्पूर्णमा उक्त अवसरको उपयोग गर्न हबले अनुरोध गरेको छ । शैक्षिक मेलामा सहभागी विद्यार्थीले कार्यक्रम, भर्ना, प्रक्रिया, शैक्षिक शुल्क र अध्ययनपछिका अवसरका बारेमा जान्न सक्ने हबले जनाएको छ ।
यस्तै, कार्यक्रममा सहभागी विद्यार्थीमध्ये केहीले सतप्रतिशत छात्रवृत्तिसमेत प्राप्त गर्ने हबले जनाएको छ । हबको यो शैक्षिक मेलाको आइएलटिएस पार्टनरको रूपमा ब्रिटिस काउन्सिल रहेको छ । यस्तै, एजुकेसन इन आयरल्यान्डको पनि साथ रहेको छ ।
अध्ययन सकिएपछि आयरल्यान्ड सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीलाई दुई वर्ष काम गर्ने अवसरसमेत दिने गरेको छ । हबले विशेषगरी अष्ट्रेलिया, न्युजिल्यान्ड, आयरल्यान्ड, युके, अमेरिका, क्यानडा, भारतलगायत विश्वका विभिन्न देशमा अध्ययनका लागि जान चाहने नेपाली विद्यार्थीलाई परामर्श दिँदै आएको छ ।
शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त हबले सक्षम र अनुभवी काउन्सिलरबाट विद्यार्थीलाई परामर्श तथा तयारी कक्षा दिँदै आएको छ भने सुरुदेखि नै आफ्नो भिसा सक्सेस रेटलाई पनि पूरा गर्दै आएको छ ।
हबका शाखा देशभित्र मात्र नभएर विदेशमा समेत रहेका छन् । नेपालमा काठमाडौं, कुमारी पाटी (ललितपुर), पोखरा, चितवन बुटवल, भैरहवा र झापामा हबका शाखा रहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।