logo-img

कमला नदीमा भूत मेला

परापूर्व कालदेखि नै कमला नदीमा स्नान गरेर कमलेश्वरी माताको शुक्रबार पूजा आराधना गर्ने गरिन्छ । धनुषा–सिरहासंग जोडिएको कमला नदीमा स्नान गर्न दुरदराजबाट समेत श्रद्धालु भक्तजनहरूको घुइँचो लाग्ने गर्छ ।

कार्तिक पूर्णिमाको अवसरमा नयाँ सिकारी धामी झाँक्रीहरू आ–आफ्ना गुरुबाट दीक्षा लिई कमला नदीमा स्नान गरी कमलेश्वरी माताको पूजा आराधना गरी देउता अर्थात् भूत खेल्ने धार्मिक परम्परा रहेको छ । त्यसैले यसलाई देवमेलासँगै भूत मेला पनि भन्ने चलन छ । 

सो दिन कमला नदीमा लाग्ने मेलामा हजारौँको संख्यामा धामी झाँक्रीहरूसमेत सहभागी हुने गरेका छन् । यस मेला सिरहा, धनुषा, महोत्तरी, सप्तरी, उदयपुर र सीमावर्ती भारतको मधुवनी, दरभंगा, समस्तीपुरलगायत जिल्लाका लाखौँ मानिस कमला नदीमा स्नान गर्न श्रद्धालु भक्तजनहरू आउने गर्छन् । 



 



  • प्रकाशित मिति : कात्तिक ३०, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया