logo-img

प्रत्यारोपण केन्द्रमा प्रदर्शन जारी : स्थानीय भन्छन्- ‘बेथिति संरक्षणमा मन्त्री र डा. श्रेष्ठबीच मिलेमतो छ’

भक्तपुरको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा भइरहेको बेथितिविरुद्ध स्थानीयवासीले बिहीबार पनि प्रदर्शन जारी राखेका छन् । डेढ महिनादेखि जारी आन्दोलनलाई आइतबार पनि निरन्तरता दिइएको हो ।    

भक्तपुर नागरिक सरोकार समाज सेवा सुचारु संघर्ष समितिको अगुवाइमा जारी आन्दोलनमा अस्पतालभित्र भइरहेको अनियमितता र बेथिति तत्काल अन्त्य गर्न माग गरिएको छ ।

अस्पतालभित्र भइरहेको अनियमितता र बेथिति तत्काल अन्त्य गर्नुपर्ने, केन्द्रमा मुटु, कलेजो, मिर्गौला, फोक्सो तथा नसा सेवा तत्काल सुचारु गर्नुपर्ने, बिहान ९ बजेदेखि ४ बजेसम्म सेवा दिने वातावरण बनाउनुपर्ने, अस्पतालभित्र हुने सबै प्रकारका सामाजिक उत्पीडन अन्त्य हुनुपर्ने, कर्मचारीको रोकिएको तलबभत्ता श्रम ऐनअनुसार भुक्तानी हुनुपर्ने र केन्द्रको नेतृत्वलाई कारबाही गर्नुपर्ने उनीहरूको माग छ ।

स्वास्थ्यमन्त्री प्रदीप पौडेल नै प्रत्यारोपण केन्द्रभित्र भइरहेका बेतिथिहरूको संरक्षणमा लागि परेको उनीहरूको आरोप छ । प्रदर्शनमा उनीहरूले स्वास्थ्यमन्त्री पौडेलको चर्को विरोध गरेका छन् । मन्त्रीलाई भेटेर पटकपटक ज्ञापनपत्र बुझाए पनि मन्त्रीले नै भ्रष्टहरूलाई संरक्षण गरिरहेको बताए ।



केन्द्रमा रहेका बेथितिहरूका विषयमा मन्त्री पौडेललाई पटकपटक जानकारी गराए पनि विवादमा मुछिएका अस्पतालका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठलाई संरक्षण गरेको भन्दै स्थानीय अगुवा राजेन्द्र पुरीले आपत्ति जनाए । 

अस्पतालको सेवासुविधा रोक्ने, आफूखुसी डाक्टरहरू बर्खास्त गर्ने साथै अवैधानिकरूपमा मानव अंग प्रत्यारोपण गर्नेलाई मन्त्रीले संरक्षण गरेकोमा आफूहरू अचम्मित परेको उनले बताए । डा. श्रेष्ठलाई बर्खास्त नगरेसम्म आन्दोलन जारी राख्ने पुरीले बताए । 

यो पनि 

डा. पुकारचन्द्र श्रेष्ठ : अंग प्रत्यारोपणमा अब्बल, प्रशासन सञ्चालनमा असफल



प्रत्यारोपण केन्द्रमा आन्दोलन : विवादित डाक्टरलाई स्वास्थ्यमन्त्रीकै संरक्षण

धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र विवाद : नक्कली सर्जनबाट मिर्गौला प्रत्यारोपण गराएको आरोप

  • प्रकाशित मिति : मंसिर २, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया