एजेन्सी– पाकिस्तानी सहर लाहोरको एक मुस्लिम धार्मिक स्थानमा विस्फोट हुँदा कम्तिमा पनि ६ जनाको मृत्यु भएको त्यहाँका अधिकारीले बताएका छन् । स्थानीय मिडिया जियो न्युजका अनुसार दर्जनभन्दा बढी घाइते भएका छन् । विस्फोट प्रहरी भ्यानलाई लक्षित गरि गराइएको जियो न्युजले जनाएको छ ।
दक्षिण एशियाको सबैभन्दा पुराना मध्ये एक मुस्लिम धार्मिक स्थलमा यो विस्फोटको पाकिस्तानभर आलोचना गरिएको छ । रमादान सुरु भएको महिनामा नै मुस्लिम समुदाय भेला हुने ठाउँमा भएको यो विस्फोटमा परि मृत्यु हुनेहरुको संख्या बढ्न सक्ने अनुमान छ ।
अहिलेसम्म कुनै पनि समूहले विस्फोटको जिम्मा लिएको छैन । सन् २०१० मा यही ठाउँमा विस्फोट हुँदा दर्जनौँको मृत्यु भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।