logo-img

‘पूर्वसभामुख ढुंगानाको योगदान इतिहासमा स्वर्ण अक्षरमा लेखिनेछ’

राष्ट्रिय मानव अधिकार आयोगले प्रतिनिधिसभाका पूर्वसभामुख दमननाथ ढुंगानाले देश र नागरिक अधिकारको रक्षाका लागि पुर्‍याएको योगदान इतिहासमा स्वर्ण अक्षरमा लेखिने जनाएको छ ।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा पूर्वसभामुख ढुंगानाको निधनप्रति दुःख व्यक्त गर्दै उनले पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्ने आयोगले विश्वास लिएको उल्लेख छ ।

‘ढुङ्गानाको निधनले नेपालको लोकतान्त्रिक आन्दोलन, कानुन र मानव अधिकारको क्षेत्रमा अपूरणीय क्षति पुग्नुका साथै देशले एक अमूल्य निधि गुमाएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधान, २०४७ को निर्माण, संसद्को गरिमा रक्षा, कानुन कार्यान्वयन, शान्ति प्रक्रिया तथा मानव अधिकारको संरक्षण र सम्वर्द्धनका लागि पुर्‍याएको योगदानको आयोग कदर गर्दछ ।’

मानव अधिकारको संरक्षण, सम्वर्द्धन र शान्ति प्रक्रियाका सवालमा ढुङ्गानाले आयोगसँग जोडिएर गरेको कार्यको स्मरण गर्दै स्वर्गीय ढुंगानाको आत्माको चिर शान्तिको कामना गरिएको छ ।  



यो पनि : 

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

संविधान खारेजीमा पर्ने खतरा छ : दमननाथ ढुंगाना [अन्तर्वार्ता]

यो राज्य प्रणाली संविधानअनुसार ठीकसँग चल्न नसकेको प्रमाणित भइसक्यो : दमननाथ ढुंगाना



  • प्रकाशित मिति : मंसिर ३, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया