वर्षौँदेखिको डेडिकेटेड तथा ट्रंक लाइन विवादमा नेपाल विद्युत् प्राधिकरणले काटेका बिलबिजकको अध्ययन गर्न र पुनः गणना गर्न विज्ञ समिति गठन गरिएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय सचिव सुरेश आचार्यका अनुसार राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. अरबिन्द मिश्रको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको हो ।
समितिमा नेपाल विद्युत् प्राधिकरणका एकजना पूर्वकर्मचारी र एकजना चार्टर्ड एकाउन्टेन्टसमेत रहेका छन् ।
केही दिनअघि मन्त्रिपरिषद् बैठकले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ बक्यौता ‘टाइम अफ डे’ (टिओडी) मिटर तथ्याङ्कका आधारमा १५ दिनभित्र उद्योगीहरूबाट असुली गर्ने निर्णय गरेको थियो ।
सोहीअनुसार बक्यौता गणना गर्न विज्ञ समिति गठन गरिएको हो ।
यो पनि
विद्युत् महसुल विवाद : १५ दिनभित्र बक्यौता उठाउन कति सम्भव ?
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।