नवगठित समाजवादी पार्टीले सातै प्रदेशमा जागरण अभियान थाल्ने

काठमाडौं– नवगठित समाजवादी पार्टी नेपालले सातै प्रदेशमा जागरण अभियान थाल्ने भएको छ । मंगलबार राजधानीमा बसेको पार्टी केन्द्रीय समितिको पूर्ण बैठकमा सातै प्रदेशमा जागरण अभियान थाल्ने जानकारी गराएको हो ।

 बैठकले प्रक्रिया पुरा गरेर निर्वाचन आयोगमा दल दर्ता गर्ने र सबै प्रदेशमा जागरण सन्देश अभियान संञ्चालन गर्ने निर्णय गरेको सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए । 

नयाँ शक्ति पार्टी र संघीय समाजवादी पार्टी मिलेर समाजवादी पाटी नेपाल बनेको हो ।  एकीकरणपछि संघीय परिषदका अध्यक्षमा डाक्टर बाबुराम भट्टराई रहेका छन् भने पार्टी अध्यक्ष उपेन्द्र यादव छन् । 





  • प्रकाशित मिति : बैशाख २५, २०७६ बुधबार ११:१५:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया