logo-img

नेपाल प्रिमियर लिग : सन्दीप नेतृत्वको विराटनगर किंग्स कति बलियो ? [भिडियोसहित]

नेपालमा अहिले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को चर्चा शिखरमा छ । पहिलोपटक विश्वचर्चित खेलाडी देख्न पाइने निश्चित भएसँगै १५ मंसिरदेखि सुरु हुने एनपिएलको चर्चा अहिले शिखरमा रहेको हो ।

एनपिएल मिति नजिकिएसँगै टिमहरू प्रचारप्रसारमा व्यस्तदेखि उपाधि जित्ने रणनीति बनाइरहेका छन् । उनीहरू डेब्यू सिजनमै च्याम्पियन बन्न विदेशी स्टारलाई भित्र्याउन प्रतिस्पर्धासमेत गरिरहेका छन् ।

पहिलो सिजनको एनपिएलमा एउटा टिमले बढीमा ६ जनासम्म विदेशी खेलाडी भित्र्याउन पाउने छन् । सोमबारसम्म विराटनगर किंग्स र पोखरा एभेन्जर्सले सबैभन्दा बढी पाँच/पाँच विदेशी खेलाडी अनुबन्ध गरेका छन् । 



विराटनगर कति बलियो ?

‘कोशीको सान हाम्रो पहिचान’ नारासहित एनपिएलको तयारीमा जुटेको विराटनगर हाल उपाधि जित्ने योजना बनाउनमा व्यस्त छ । कागजमा हेर्ने हो भने स्टार लेगस्पिनर सन्दीप लामिछाने ‘मार्की प्लेयर’ रहेको विराटनगर बलियो देखिन्छ । उससँग आक्रामक ब्याटरदेखि विश्वस्तरीय बलर छन् ।

साथै, विराटनगरले राम्रो अलराउन्डर पनि भित्र्याएको छ । अहिलेको टिमलाई हेर्ने हो भने विराटनगरले उपाधि सम्भावना छ । उससँग ओपनिङमा विश्व क्रिकेटमा विस्फोटक ब्याटिङका लागि परिचित न्यूजिल्याण्डका मार्टिन गुप्टिल छन् ।



यदि उनी पूरा सिजन एनपिएल खेल्छन् भने विराटनगरलाई फाइदा हुनेछ । गुप्टिलले मुम्बई इन्डियन्स, सनराइजर्स हैदराबाद र पञ्जाब किंग्सबाट आइपिएल खेलिसकेका छन् । यस्तै, उनीसँग बिबिएल, सिपिएल, पिएसएललगायत चर्चित फ्रेन्चाइज लिगको पनि अनुभव छ । 

गुप्टिललाई ओपनिङमा साथ दिन विराटनगरसँग लोकेश बम, मिर्नाल गुरुङजस्ता युवा खेलाडी छन् । मध्यक्रममा भने विराटनगरसँग टेस्ट राष्ट्रका ब्याटर हुने छैनन् । उससँग यो भूमिकाका लागि ओमानका अकिब इलियास, क्यानडामा निकोलस किर्तन तथा नेपालका राजेश पुलामी मगर, नरेन भट्ट र दीपक बोहरा रहेका छन् ।

अकिब इलियास, फाइल तस्बिर

यस्तै, विराटनगरको टिममा तीव्र गतिका बलरको रूपमा जितेन्द्र मुखिया, प्रतिश जिसी, स्कटल्याण्डका क्रिस सोल र अफगानिस्तानका इस्मत आलम रहेका छन् । 

विराटनगर स्पिनमा थप बलियो देखिन्छ । उसँग स्पिनरको रूपमा सन्दीप लामिछाने, अकिब इलियास, सुवास भण्डारी र अनिल खरेल रहेका छन् । समग्रमा विराटनगरको टिम सन्तुलित देखिन्छ । त्यसका बाबजुद उसका केही कमजोर पनि छन् ।

विराटनगरलाई उत्कृष्ट फिनिसरको अभाव छ । साथै, विराटनगरको टिमसँग ओपनिङमा प्रशस्त विकल्प पनि छैनन् । मध्यक्रम र बलिङमा भने ऊ अब्बल देखिन्छ । यसरी हेर्दा खेलाडीको सही प्रयोग र लयमा आउन सके विराटनगर पहिलो संस्करणमै च्याम्पियन बन्न सक्छ । 

  • प्रकाशित मिति : मंसिर ३, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया