logo-img

एनपिएलको खेल तालिका सार्वजनिक, पहिलो खेलमा जनकपुर र विराटनगर भिड्ने

आसन्न संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार सार्वजनिक गरेको तालिकाअनुसार पहिलो खेलमा विराटनगर किङ्स र जनकपुर बोल्ट्स प्रतिस्पर्धा गर्ने छन् ।

यी दुई टिमबीचको खेल १५ मंसिरमा दिउँसो सवा १२ बजेदेखि सुरु हुनेछ । लिगको दोस्रो र तेस्रो खेल १७ मंसिरमा हुने तालिका छ । दुई खेल भएको दिन बिहान ९ः१५ मा पहिलो तथा दिउँसो १ः१५ मा दोस्रो खेल हुनेछ ।

पहिलो क्वालिफायर र एलिमिनेटर खेल ३ पुसमा हुने तालिका छ । पहिलो क्वालिफायरमा लिगको शीर्ष स्थानमा रहेको टोली तथा दोस्रो स्थानको टोलीबीचमा प्रतिस्पर्धा हुनेछ । यस खेलमा विजेता टोलीले फाइनलमा स्थान बनाउनेछ । पराजित टोलीले फाइनल प्रवेशको अर्को मौका पाउनेछ ।

इलिमिनेटर खेलमा लिगमा तेस्रो र चौथो स्थानमा रहने टोलीबीच प्रतिस्पर्धा हुनेछ । पराजित टोली प्रतियोगिताबाट बाहिरिँदा विजयी टिमले दोस्रो क्वालिफायरमा स्थान बनाउनेछ । 



एनपिएलको खेल तालिका :



  • प्रकाशित मिति : मंसिर ३, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया