logo-img

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा सकियो, ३०० जनाले पाए शरण

मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेसनको संयुक्त प्रयासमा ‘यो वर्षको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने भावनाका साथ सुरु भएको मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा २०८१ सम्पन्न भएको छ ।

सोमबार एक विशेष समारोहकाबीच उक्त उद्धार यात्रा २०८१ को ३८ औँ  दिनमा आएर समापन भएको हो । बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रुपमा कमजोर सडक आश्रित मानवहरुको उद्धार, पारिवारिक पुनर्मिलनदेखि उनीहरुसँगै दसैँ, तिहार, छठजस्ता पर्वहरु मनाउने गरी सो अभियान सञ्चालन गरिएको थियो ।

असोज २७ देखि मंसिर ३ सम्म पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म पूर्व–पश्चिम राजमार्गसँग जोडिएका ४६ जिल्ला तथा बागमती र गण्डकी प्रदेशका केही जिल्लालाई लक्षित गरी अभियान सञ्चालन गरिएको थियो ।



विगत वर्षहरुमा पुस÷माघको जाडो याममा सञ्चालन गरिने गरेको यस किसिमको अभियान यसपटक नेपालीको मुख्य चाडहरुलाई लक्षित गरी सञ्चालन गरिएको हो । अभियानमा करिब तीन सय जनाको उद्धार गरिएको वरिष्ठ समाजसेवी आनी छोइङ डोल्माले बताइन् ।

उनले भनिन्, ‘मानव सेवाभन्दा अर्को महान धर्म केही छैन । मानिसका गलत सोच, व्यवहारलाई सुधार गर्नु पनि समाजसेवा नै हो । सकारात्मक सन्देश दिन र राम्रो कामको देखासिकी गराउन यस्ता अभियानहरु सार्थक हुने रहनेछन् ।’

साथै उनले सडकमा रहेका बालबालिकाहरुको लागि सरकारले  अभिभावोकत्व निभाउन जरुरी रहेको बताइन् । मानव सेवा आश्रम देशका सातै प्रदेशका १९ जिल्लामा २४ वटा सेवा केन्द्रहरु रहेका छन् । ती केन्द्रहरुबाट हालसम्म आठ हजारभन्दा बढीको उद्धार गरिएको छ र हाल १६ सय जना संरक्षणमा रहेका छन् । तीमध्ये करिब सय बालबालिका छन् भने एक हजार मानसिक समस्या भएका व्यक्ति छन् ।






  • प्रकाशित मिति : मंसिर ३, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया