परमाणु सम्झौताबाट इरान अलग

एजेन्सी– अमेरिकासँगको बढ्दो तनावका बीच इरानले अन्तर्राष्ट्रिय परमाणु सम्झौताबाट आफूलाई आशिंक रुपमा अलग्याएको छ । 

यो परमाणु सम्झौता सन् २०१५ मा भएको थियो । तर, गत वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो सम्झौताबाट आफूहरु पछाडि हटेको बताएका थिए । 

उता, इरानका राष्ट्रपति हसन रुहानीले अन्य महाशक्तिहरु अहिले पनि सम्झौतालाई लिएर प्रतिबद्ध भएको बताएका छन् । तर, उनले आफूहरुले कुन सर्तबाट पछाडि हट्ने निर्णय गरेको हो भन्नेबारे केही खुलाएका छैनन् । सन् २०१५ मा गरिएको सम्झौताअनुसार इरानको महत्वाकांक्षी परमाणु कार्यक्रममा नियन्त्रणको बदलामा प्रतिबन्धहरु खुकुलो पारिने बताइएको थियो । 

तर, अमेरिकाले आफूलाई यो सम्झौताबाट पछाडि लगेलगत्तै यी दुई देशबीच तनावको स्थिति सुरु भएको छ । अमेरिकाले इरानको तेल तथा वित्तिय क्षेत्रमा प्रतिबन्ध लगाएको छ । यसका कारण इरानको अर्थतन्त्र धरमराएको छ ।

उता, अमेरिकी विदेशमन्त्री माइक पोम्पियो इराकको भ्रमणमा निस्किएका छन् । जर्मनीको यात्राका लागि अमेरिकाबाट निस्किएका पोम्पियो इराकमा पुगेका हुन् ।

केही दिनअघि मात्र अमेरिकाले यो क्षेत्रमा आफ्नो युद्धपोत पनि तैनाथ गरेको थियो । 



अर्कोतिर अमेरिकाले पोम्पियो इराकमा पुगेको विषयमा खासै जानकारी बाहिर ल्याएका छैनन् । पोम्पियोले आफूले गरेको कुराकानी इरानसँग सम्बन्धित नै भएको पनि बताएका थिए ।



  • प्रकाशित मिति : बैशाख २५, २०७६ बुधबार १३:०:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया