एकताले बाबुरामलाई भुमरी, केन्द्रीय नेताकाे नेकपा  छिर्ने तयारी

काठमाडौं– संघीय समाजवादी फोरमसँगको एकताले डा. बाबुराम भट्टराईलाई संकट थपेको छ । दुई पार्टी मिलाएर समाजवादी पार्टी बनाएपछि तत्कालीन नयाँ शक्तिका नेताहरु असन्तुष्ट बनेका छन् ।

तत्कालीन नयाँ शक्तिमा रहेका असन्तुष्ट समूहले बुधबार भेला आयोजना गरेका छन् । भेलामा पूर्वसभासद कल्पना धमला, ज्ञानेन्द्र कुमाल, देवेन्द्र पराजुली, रामरिझन यादव, मदन राईलगायत उपस्थिति थियो ।

उनीहरुले पार्टी कमिटीलाई औपचारिकतामा मात्र सीमित गरेको तथा एकतापूर्व पार्टीभित्र छलफल नभएको भनदै असन्तुष्टि जनाएका छन् । वैकल्पिक राजनीति भनेर नयाँ शक्ति गठन गरेको तर, समाजवादी बनेपछि यसको भविष्य के हुन्छ ? भनेर प्रश्न उब्जाएका छन् । 

असन्तुष्टमध्येका केही नेताले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गर्ने तयारी गरेको स्रोतको भनाइ छ । बुधबारै प्रचण्डको उपस्थितिमा विशेष कार्यक्रम गरेर नेकपाले पूर्वसभासद धमलासहितका नेताहरुलाई स्वागत गर्ने तयारी गरेको छ । 





  • प्रकाशित मिति : बैशाख २५, २०७६ बुधबार १४:१८:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया