नेकपाले न्यायपालिकालाई कार्यपालिकाको अंगजस्तो बनायो : डा शेखर काेइराला

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सत्ता कब्जा गर्न लागेको आरोप लगाएका छन् । बुधबार काभ्रेको धुलिखेलमा पार्टीको ‘राष्ट्रिय जागरण अभियान’ को उद्घाटन गर्दै उनले सरकार गठन भएयताको नेकपाको गतिविधिले यस्तो लक्षण देखिएको बताए । 

कार्यपालिका र व्यवस्थापिका एउटै अंग भइसकेको बताउँदै कोइरालाले नेकपाले न्यायपालिकालाई पनि कार्यपालिकाको एउटा अंगजस्तो बनाएको उनले बताए । मंगलबार संसदमा नीति तथा कार्यक्रम पारित गर्ने क्रममा सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्रीको पक्ष लिएको दाबी गर्दै उनले भने, ‘संसदमा हामीले बोलेको रेकर्डबाट तुरुन्तै हटाउने अनि प्रधानमन्त्रीको बोली हटाउन नसक्ने वा पछि हटाए पनि हुने भन्ने हुन्छ ?’ 

विकासका काम दिएपछि सेनाले गर्नुपर्ने काम गर्न नसकेको बताउँदै कोइरालाले नेपाली सेनालाई पनि सरकारले विवादित गर्ने प्रयास गरेको बताए । 





  • प्रकाशित मिति : बैशाख २५, २०७६ बुधबार १४:४८:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया