अपांगता भएका विद्यार्थीलाई त्रिभुवन विश्वविद्यालयभर शैक्षिक शुल्क नलाग्ने

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले सबैखाले अपांगता भएका विद्यार्थीलाई निःशुल्क पढाउने भएको छ । वैशाख ६ गते बसेको त्रिवि कार्यकारी परिषद् बैठकले उक्त निर्णय गरेको हो । 

त्रिविले आंगिक क्याम्पसहरूलाई जारी शैक्षिक कार्यक्रममा योग्यता पुगेका सबै प्रकारका अपांगता भएकालाई निःशुल्क भर्ना गर्न परिपत्र पठाएको छ । केन्द्रीय बहिरा क्याम्पसले अपांगता भएका विद्यार्थीलाई निःशुल्क परीक्षाको व्यवस्था माग गरेपछि उक्त निर्णय भएको जनाइएको छ ।

‘अपांग व्यक्तिहरूले आधिकारिक कागजात पेस गरेमा निःशुल्क भर्ना गर्ने,’ परिपत्रमा भनिएको छ, ‘भर्ना भएपछि मासिक शुल्क, परीक्षा शुल्क, लब्धांकपत्र (ट्रान्सक्रिप्ट) शुल्कसमेत सबै प्रकारका शुल्कहरू निःशुल्क गर्ने ।’
 





  • प्रकाशित मिति : बैशाख २५, २०७६ बुधबार १५:१९:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया