प्यालेस्टिनीहरूमाथि इजरायलबाट भइरहेको जनसंहारविरुद्ध संयुक्त अभियान नेपालले बृहत् वानेश्वर मार्च र जनसभामा गरेको छ । शनिबार काठमाडाैंकाे माइतीघर मण्डलामा उनीहरूले प्यालेस्टाइनमाथि इजरायली जनसंहारका विरुद्ध बृहत् वानेश्वर मार्च र जनसभामा आयोजना गरेका हुन् ।
मार्चको क्रममा उनीहरूले प्यालेस्टाइनमा नरसंहार बन्द गर, युद्ध विराम तुरुन्त घोषणा गर, युद्धका व्यापारीहरू मुर्दाबाद, इजरायललाई हतियार दिन बन्द गर, शक्ति भयो भन्दैमा प्यालेस्टाइन निल्न पाइदैँन्, प्यालेस्टाइन र इजरायल बीचको युद्ध बन्द गर, मनमा थोरै मानवता बोक युद्ध, अपराध तुरुन्त रोक र फ्रि प्यालेस्टाइनको नारा लगाएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।