logo-img

टोखा नेवाः सडक खाजा महोत्सव अवलोकन गर्नेको भीड

काठमाडौंको टोखामा आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि टोखा नेवाः सडक खाजा महोत्सव आयोजना गरिएको छ । टोखा नगरपालिका–२ र ३ को आयोजना तथा नेवाः गुठी र टोखा सांस्कृतिक संरक्षित क्षेत्र विकास समितिको व्यवस्थापनमा महोत्सव आयोजना गरिएको हो ।

सोही महोत्सवमा बसेकी होटल व्यवसायी सृष्टि डंगोलले खाजा महोत्सवमा नेवारी परिकारहरू राख्ने गरेको बताइन् । उनले भनिन्, ‘अहिले हाम्रो सडक खाजा महोत्सवभइरहेको छ । यो सुरु भएको चार हप्ता जति भयो, प्रत्येक हप्ताको शनिबार हुन्छ । यसमा हाम्रो नेवारी परिकारहरू राख्ने गरेका छौ ।’

टोखा गेटदेखि गणेशस्थान मन्दिरसम्म सडक खाजा महोत्सवका साथै विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा पर्यटकीय दृष्टिकोणले धनी टोखामा स्थानीय महिलाहरूले बनाएका खानाका परिकार र उत्पादन गरेका हस्तकलाका सामग्री प्रदर्शनमा राखिएको छ ।





  • प्रकाशित मिति : मंसिर ८, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया