logo-img

एनपिएलको टिकट मूल्य सार्वजनिक, सामान्यतर्फ ३ सयदेखि ५ सयसम्म

आसन्न नेपाल प्रिमियर लिग (एनपिएल) को टिकट दर तोकिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आज एनपिएल हेर्नका लागि तोकिएको टिकट दर सार्वजनिक गरेको हो । 

क्यानका अनुसार उद्घाटन खेल हेर्नका लागि सामान्यतर्फ ३ सय तथा भिआईपीतर्फ ७ सय रुपैयाँ शुल्क तोकेको छ । यस्तै, अरू दिनमा सामान्यतर्फ ३ सय तथा भिआईपीतर्फ ५ सय रुपैयाँ टिकट दर निर्धारण गरिएको छ ।  

यस्तै, प्लेअफ खेल्न हेर्न सामान्यतर्फ ३ सय तथा भिआईपीतर्फ ७ सय रुपैयाँ तिर्नुपर्ने क्यानले जनाएको छ । फाइनल खेलका लागि सामान्यतर्फ ५ सय तथा भिआईपीतर्फ १ हजार रुपैयाँ टिकट मूल्य तोकिएको छ ।  

पहिलो सिजनको एनपिएल आउँदो शनिबारदेखि सुरु हुँदैछ ।  





  • प्रकाशित मिति : मंसिर १०, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया