प्रधानमन्त्री आज भियतनाम र कम्बोडियाको भ्रमणमा निस्कँदै

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली आज (बिहिबार) भियतनाम र कम्बोडियाको औपचारिक यात्रामा निस्कँदै छन् । 

भियतनामका प्रधानमन्त्री गुयन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री हुन सेनको निमन्त्रणमा प्रधानमन्त्री भ्रमणमा जान लागेका हुन् । प्रधानमन्त्री भए यता ओलीको यो पाँचौ विदेश भ्रमण हो ।

यसपटक प्रधानमन्त्री ओली ३ दिन भियतनाम र त्यसपछि २ दिन कम्बोडियामा रहनेछन् । यी देशहरुमा उनले आफ्ना समकक्षीसँग द्विपक्षीय वार्ता पनि गर्नेछन् । 

‘यी दुवै देशहरुमा बौद्ध धर्म अवलम्बन गर्नेको संख्या बढी भएकाले हामीलाई पर्यटनमा पनि टेवा पुग्नेछ,’ प्रधानमन्त्री ओलीको भ्रमणबारे जानकार दिँदै केही अघि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भनेका थिए, ‘प्रधानमन्त्री ओलीले भियतनाममा बेशाक दिवसमा सम्बोधन पनि गर्नुहुनेछ ।’ मन्त्री ज्ञवालीले यी दुई देश लामो समय द्वन्द्वको अवस्थाबाट गुज्रिएको र अहिले त्यहाँ भइरहेको परिवर्तनबाट पनि नेपाललाई शिक्षा हुन सक्ने बताएका थिए ।

भ्रमणमा ओलीले होची मिन्ह राष्ट्रय राजनीतिक प्रतिष्ठान र नेपाल—भियतनाम व्यापार मञ्चलाई समेत सम्बोधन गर्ने कार्यक्रम छ । 





  • प्रकाशित मिति : बैशाख २६, २०७६ बिहीबार ९:५९:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया