ओली गैरजिम्मेवार, प्रचण्ड अलोकतान्त्रिक : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओली मधेसप्रति सबैभनदा बढी अनुदार रहेको बताएका छन् । तर, मधेसवादी दलका नेता उनै ओलीको पाउमा परेको आरोप पौडेलले लगाएका छन् । 

जनकपुरमा कांग्रेसको राष्ट्रिय जागरण अभियान उद्घाटन गर्दै पौडेलले मधेसवादी दलका नेता तिनै ओलीको पछि लाग्नु विडम्बना भएको बताए । ‘मधेसप्रति अनुदार कोही छ भने केपी ओली नै छन्,’ पौडेलले भने, ‘तर, किन मधेसवादी नेता ओलीकै चाकडीमा लागिरहेका छन् ?’ अब मधेसी जनताले हिसाब–किताब खोज्ने वेला आएको पौडेलले बताए ।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षमध्ये ओलीलाई जिम्मेवारी बोध नभएको र पुष्पकमल दाहाल प्रचण्डलाई लोकतन्त्रप्रति विश्वास नभएको पौडेलको आरोप छ । लोकतन्त्रप्रति विश्वास नभएकै कारण प्रचण्डले जंगल जाने अभिव्यक्ति दिने गरेको उनको दाबी छ । 





  • प्रकाशित मिति : बैशाख २६, २०७६ बिहीबार १५:१५:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया