logo-img

प्रशान्त महासागरको हवाई क्षेत्रमा चीन र रुसको संयुक्त हवाई गस्ती

चिनियाँ र रुसी वायुसेनाले शनिबार पश्चिमी प्रशान्त महासागरको हवाई क्षेत्रमा संयुक्त हवाई गस्ती गरेका छन् । यससँगै नवौं संयुक्त रणनीतिक हवाई गस्तीको दोस्रो चरण पूरा भएको छ ।

चिनियाँ रक्षा मन्त्रालयका अनुसार दुई देशको वायु सेनाबीचको संयुक्त तालिम र परिचालन क्षमताको प्रभावकारी परीक्षण र अभिवृद्धि गर्ने लक्ष्यका साथ यस्तो गस्ती गरिएको हो ।

यसले कुनै तेस्रो पक्षलाई लक्षित नगरेको र हवाई रणनीतिक गस्ती रहेको पनि चीनको रक्षा मन्त्रालयले जनाएको छ । 







  • प्रकाशित मिति : मंसिर १६, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया