डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-५ को वडाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।
उपनिर्वाचन मार्फत् १६१ मतसहित माओवादीका नरबहादुर झाक्री विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका नरबहादुर रोकाले ११६ मत पाए । नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्रप्रसाद न्यौपानेले २१ मत मात्रै पाए ।
गत निर्वाचनमा एमालेका नन्दलाल रोकाले १०८ मत पाएर निर्वाचित हुँदा माओवादीका जंगबहादुर रोकायले भने १०२ पाएर दोस्रो भएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।