रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार नरपुरा बुढा विजयी भएकी छन् । उनी ३ हजार ६२७ मतसहित निर्वाचित हुँदा कांग्रेस-एमाले गठबन्धनकी उम्मेदवार एमालेकी केशकुरमारी तुलाचन भने पराजित भइन् ।
तुलाचनले जम्मा २ हजार १२८ मत पाइन् । एमाले जिल्ला उपसचिव रहेकी तुलाचनले नेपाली कांग्रेसको चुनाव चिह्न लिएर उपनिर्वाचनमा उम्मेदवारी दिएकी थिइन् ।
निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार भुपेन्द्रा बुढा ४ हजार ५९ मतसहित विजयी भएकी थिइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।