logo-img

प्रधानमन्त्री ओली बेइजिङमा

प्रधानमन्त्री केपी शर्मा ओली औपचारिक भ्रमणका लागि चीनको राजधानी बेइजिङ पुगेका छन् । 

चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली नेतृत्वको टोली चीनको स्थानीय समयअनुसार साँझ ६ बजे बेइजिङ क्यापिटल इन्टरनेशनल विमानस्थल पुगेको हो । 

प्रधानमन्त्री ओली नेतृत्वको टोली सोमबार बिहान ११ बजे हिमालय एयरलाइन्सको विशेष चार्टर विमानबाट प्रधानमन्त्री ओली चीन प्रस्थान गरेको थियो ।

भ्रमणका क्रममा १८ मंसिरमा चिनियाँ समकक्षी छ्याङले प्रधानमन्त्री ओलीलाई स्वागत गर्नेछन् । त्यसपछि दुईपक्षीय वार्ता र हस्ताक्षर समारोह हुने कार्यक्रम छ ।   



सोही दिन प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सि जिनपिङलाई भेट गर्नेछन् । 

यो पनि 



नेपालसँग चीनको चाहना के ? प्रधानमन्त्री ओलीले के सम्झौता गर्लान् ?



  • प्रकाशित मिति : मंसिर १७, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया