दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेले अग्रता लिएको छ । पछिल्लो परिणामअनुसार एमालेकी उम्मेदवार उमा लुङ्गेली मगर शेर्पाले अग्रता बनाएकी हुन् ।
अहिलेसम्म एमालेकी उमाले १ हजार ९ सय ७२ मत प्राप्त गरेकी छन् । त्यस्तै, माओवादीकी उम्मेदवार निम लेकीले १ हजार ९ सय ६ मत ल्याएकी छन् ।
उनीहरूबीचको मतान्तर ६६ मतको छ । यसअघि यहाँ शेर्पाले अग्रता कायम राखिरहेकी थिइन् । यस्तै, कांग्रेसकी उम्मेदवार पासखिकी तामाङले १ हजार २ सय ८१ मत प्राप्त गरेकी छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।