logo-img

पाकिस्तानमा साम्प्रदायिक झडप : मृतकको संख्या १३३ पुग्यो

उत्तरपश्चिम पाकिस्तानमा भएको साम्प्रदायिक झडपका कारण मृत्यु हुनेको संख्या बढेर १३३ पुगेको छ ।

विवादित आदिवासी सुन्नी र शिया मुस्लिम समुदायबीच भएको युद्धविरामपछि पनि अझै झडप नरोकिएको तर कम भएको सरकारले जनाएको छ ।  

पाकिस्तान सुन्नी बहुल देश हो । यद्यपि अफगानिस्तानको सीमा नजिकै रहेको खैबर पख्तुनख्वा प्रान्तको कुर्रममा ठूलो शिया जनसङ्ख्या छ । त्यहाँ दुई समुदाय दशकौँदेखि द्वन्द्वमा छन् । 

२१ नोभेम्बरदेखि भएको झडपमा दिनहुँ मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको तथा १७७ जना घाइते भएको प्रान्तीय मन्त्रिपरिषद् बैठकपछि जारी गरिएको विज्ञप्तिमा उल्लेख  छ ।



विज्ञप्तिमा ‘कुर्रममा सशस्त्र समूहद्वारा स्थापित बङ्करहरू ध्वस्त गरिने तथा  हतियारहरू जफत गरिने’ उल्लेख गरिएको छ ।  

बिहीबार सुरु भएको पछिल्लो लडाइँमा प्रहरी स्कर्टमा यात्रा गरिरहेका दुई अलग–अलग सवारी साधनमा आक्रमण भएपछि ४० भन्दा बढीको मृत्यु भएको जनाइएको छ ।



झडपले यस क्षेत्रलाई ठप्प पारेको छ भने प्रमुख सडक बन्द भएका छन् । मृतकको सङ्ख्या बढ्दै जाँदा मोबाइल फोन सेवाहरू काटिएका छन् ।

प्रान्तीय राजधानी पेशावरका एक वरिष्ठ सुरक्षा अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा पहिलेका दुई सम्झौताले झडप रोक्न असफल भएपछि आदिवासीको सहयोगमा अधिकारीले युद्धविराम प्रयास गरिरहेको बताए । 



पाकिस्तानको मानव अधिकार आयोगले जुलाईदेखि अक्टोबरसम्म यस क्षेत्रमा भएको साम्प्रदायिक झडपमा ७९ जनाको मृत्यु भएको जनाएको छ । 

  • प्रकाशित मिति : मंसिर १७, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया