साउदी प्रो–लिगमा क्रिस्टियानो रोनाल्डो नेतृत्वको अल नासरले अल इत्तिहादविरुद्ध २–१ गोल अन्तरले पराजित भएको छ ।
शुक्रबार राति सम्पन्न खेलमा ५५औँ मिनेटमा करिम बेन्जेमाले गोल गर्दै अल इत्तिहादलाई सुरुवाती अग्रता दिलाए । उनले मुहानाद अल शान्कितीको क्रसमा गोल गरे । ५७औँ मिनेटमा रोनाल्डोले गोल गर्दै खेललाई बराबरी फर्काए ।
उनले सर्बियाली गोलकिपर प्रेड्राग राजकोभिकलाई नजिकैबाट छक्याउँदै गोल गरेका हुन् । साडियो मानेले अल नासरका लागि दोस्रो गोल गर्ने अवसर गुमाए । इन्जुरी समयमा स्टिभन बर्गविजनले लोरेन्ट ब्लाङ्कको पासमा गोल गर्दै इत्तिहादलाई २–१ को रोमाञ्चक जित दिलाए ।
यो जितपछि इत्तिहादले शीर्ष स्थानमा पाँच अंकको अग्रता कायम गरेको छ । लिगमा उसको यो लगातार नवौँ जित हो । अल–नासर भने शीर्ष स्थानबाट ११ अंकले पछि परेको छ ।
चौथो स्थानको नासारको २५ अंक छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।