logo-img

नेपाल प्रिमियर लिग : सुदूरपश्चिमविरुद्ध टस जितेर फिल्डिङ गर्दै लुम्बिनी

पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध लुम्बिनी लायन्सले टस जितेर फिल्डिङ रोजेको छ । 

यी दुई टिमबीचको खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेको हो । आजको खेलमा लुम्बिनी र सुदूरपश्चिमले प्लेइङ–११ मा एक/एक खेलाडी परिवर्तन गरेका छन् । लुम्बिनीले आज आशुतोष घिरैयालाई विश्राम दिएर अर्जुन साउदलाई मौका दिएको छ ।

यस्तै, सुदूरपश्चिमले रोहन मुस्तफालाई बेन्चमा राखेर बसन्त खत्रीलाई अवसर दिएको छ । जारी एनपिएलमा दुवै टोलीको यो तेस्रो खेल हो । दुई खेल खेलिसकेको लुम्बिनीले दुवैमा हार ब्यहोरेको छ ।



लुम्बिनी पहिलो खेलमा विराटनगर किङ्ग्ससँग दुई विकेटले पराजित भएको थियो । यस्तै, दोस्रो खेलमा ऊ शुक्रबार पोखरा एभेन्जर्ससँग १० विकेटले स्तब्ध भयो । 

सुदूरपश्चिम रोयल्सले भने दुईवटै खेल जितेको छ । सुदूरपश्चिमले पहिले खेलमा विराटनगर किङ्ग्सलाई ९० रनले र दोस्रो खेलमा काठमाडौं गुर्खाजलाई ७३ रनले हराएको थियो । 



त्यस्तै, आजको दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किङ्ग्स भिड्दै छन् । यो खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो १ बजेदेखि सुरु हुनेछ ।  

जारी एनपिएलमा कर्णाली याक्सले तीन खेल खेलेको छ, जसमा दुईवटामा पराजित हुँदा एक खेल भने जितेको छ ।



एनपिएलमा तीन खेल खेलेको विराटनगर किङ्गसले पनि यसअघि दुई खेलमा हार भोग्दै एक खेल जितेको थियो ।   

  • प्रकाशित मिति : मंसिर २२, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया