logo-img

दक्षिण कोरियाली राष्ट्रपतिले जनतासँग मागे माफी

दक्षिण कोरियाका राष्ट्रपति यून सुक यउलले ‘मार्सल ल’ लागू गरेकोमा जनतासँग माफी माग्दै फेरि यस्तो कदम नचाल्ने बताएका छन् । मार्सल ल लागू गरेपछिको पहिलो राष्ट्रका नाममा गरिएको सम्बोधनका क्रममा उनले सो कुरा बताएका हुन् ।   

मंगलबार राति उनले घोषणा गरेको सैनिक शासन ६ घण्टामै त्यहाँको संसद्‌ले उल्ट्याइदिएको थियो । त्यसपछि उनले महाअभियोगको सामना गरिरहेका छन् ।

‘म एकदमै क्षमाप्रार्थी छु र स्तब्ध भएका जनताहरूसँग माफी माग्न चाहन्छु,’ यूनले भने । 

मंगलबार राति उनले घोषणा गरेको सैनिक शासन ६ घण्टामै त्यहाँको संसद्‌ले उल्ट्याइदिएको थियो । त्यसपछि उनले महाअभियोगको सामना गरिरहेका छन् ।



राष्ट्रपतिको सम्बोधनपछि प्रतिक्रिया दिँदै सत्तारुढ पीपल्स पावर पार्टीका नेताले यूनले नियमित कामकाज जारी राख्न असम्भव रहेको प्रतिक्रिया दिएका छन् । 





  • प्रकाशित मिति : मंसिर २२, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया