logo-img

रोहन मुस्तफाले एनपिएलको बाँकी खेल नखेल्ने

यूएईका अलराउन्डर रोहन मुस्तफाले जारी संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को बाँकी खेल गुमाउने भएका छन् ।

पारिवारिक कारण घर फर्किरहेकाले सुदूरपश्चिम रोयल्समा आबद्ध उनले एनपिएलको बाँकी खेल गुमाउने भएका हुन् । 

मुस्तफाको ठाउँमा नयाँ खेलाडी ल्याइसकेको सुदूरपश्चिम रोयल्सका मुख्य प्रशिक्षक जगत टमाटाले जानकारी दिए ।   



‘मुस्तफाले फ्यामेली प्रोब्लमका कारण घर जान्छु भनेपछि हामीले उसको ठाउँको अरू प्लेयर ल्याइसकेका छौँ,’ खेलपछिको पत्रकार सम्मेलनमा टमाटाले भने, ‘घर गएर फर्कने समय नै नहुने भएकाले उहाँ अब आउनुहुन्न ।’



मुस्तफाले जारी एनपिएलमा एउटा खेल खेले । काठमाडौं गुर्खाजविरुद्ध खेलिएको उक्त म्याचमा मुस्तफाले ब्याटिङमा चार रन तथा बलिङमा एक ओभरमा बिनाविकेट ८ रन दिएका थिए ।  

उनले शनिबारको खेलमा भने प्लेइङ–११ मा मौका पाएनन् । यस खेलमा सुदूरपश्चिमले लुम्बिनी लायन्सलाई ४५ रनले हरायो । जारी एनपिएलमा सुदूरपश्चिमको यो लगातार तेस्रो जित हो ।  



यो पनि 

एनपिएलमा सुदूरपश्चिमको ह्याट्रिक जित, लुम्बिनीको लगातार तेस्रो हार

  • प्रकाशित मिति : मंसिर २२, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया