logo-img

जितका लागि विराटनगरले पायो १३४ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज भएको खेलमा कर्णाली याक्सले विराटनगर किंग्सलाई जितका लागि १३४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १३३ रन बनाएको छ ।

कर्णालीका लागि बोसिस्टोले सर्वाधिक ६६ रन भने ओपनर देवले ४८ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ५३ रन बनाउन सफल भएका छन् । अन्य कुनै पनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

ओपनर शिखर धवन ५ रनमै आउट भए भने चाडविक वाल्टन र अर्जुन घर्ती समान एक÷एक तथा जिसान मक्सुद २ रनमा आउट भए । गुल्सन झा र नन्दन यादवले रन नै बनाउन सकेनन् । विराटनगरका लागि ४ ओभर खेलेका प्रतिश जिसीले सर्वाधिक ४ विकेट लिएका छन् ।







  • प्रकाशित मिति : मंसिर २२, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया