logo-img

दक्षिण भारतमा कार दुर्घटना हुँदा पाँच जनाको मृत्यु

भारतको दक्षिणी राज्य तेलंगानामा शनिबार कार तालमा खस्दा कम्तीमा पाँच जनाको मृत्यु हुनुको साथै एकजना घाइते भएको पुष्टि भएको छ ।

दुर्घटना राज्यको यादद्री भुवनगिरि जिल्ला जलालपुर नजिकै भएको हो । कार चालकले गाडीमाथि नियन्त्रण गुमाएकाले दुर्घटना भएको देखिन्छ । राज्यको राजधानी हैदरावादबाट भुदन पोचमपल्ली क्षेत्रमा निकै तीव्र गतिमा गुडिरहेको कार दुर्घटनामा परेको बताइएको छ ।

प्रहरीका अनुसार पाँचै जनाको शव निकालिएको छ भने घाइतेलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । 







  • प्रकाशित मिति : मंसिर २२, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया