६ माघ, २०८२ मंगलबार
Jan. 20, 2026

खेललाई पर्यटनसँग जोड्दैछौँ : मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पर्यटकीय राजधानी पोखरामा खेलकुदलाई पर्यटनसँग जोड्ने गरी प्रदेश सरकारले काम गरिरहेको बताएका छन् ।

पोखराको  लेखनाथ स्थित आदर्श क्लबद्वारा भण्डार ढिक रंगशालामा आयोजना गरिएको फुटबल प्रतियोगिता, २५ औँ संस्करणको आज उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले विदेशी पर्यटकलाई लक्षित गरी मुस्ताङ जिल्लामा हाई अल्टिच्यूट खेलमैदान निर्माण गर्न लागिएको बताए ।



उनले विदेशीहरूका लागि पोखरामा साहसिक खेलका रूपमा प्याराग्लाइडिङ, क्यानोनिङ जस्ता खेलहरू रहेका र तिनको व्यवस्थापन गर्दै जाने बताए । पछिल्लो समय खेलाडीले नेपालभित्र नाम र दाम कमाउन सक्ने अवस्था रहेको भन्दै मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले खेलाडीको जीवन सहज होस् भनेर मासिक भत्ताको व्यवस्थासमेत गरेको जानकारी दिए ।

‘प्रदेश सरकार यहाँ खेलकुदको विकासमा प्रतिबद्ध छ । युवामा खेल प्रतिको भावना वृद्धि गर्दै सरकार अगाडि बढ्नेछ । खेलको माध्यमबाट राष्ट्रिय भावनालाई बलियो बनाउनका साथै युवालाई सकारात्मक बाटोमा अगाडि बढाउन सकिने भएकाले यस क्षेत्रको विकासमा ध्यानदिन आवश्यक छ’, उनले भने ।



यही मंसिर २९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आठ वटा समूहले सहभागिता जनाएका छन् । आज आयोजक समूह आदर्श क्लब र एन्फा तनहुँ बीचको खेलमा आदर्श १-० ले विजयी भएको छ । प्रतियोगिताको विजेतालाई चार लाख २५ हजार पाँच सय २५ र उपविजेतालाई दुई लाख २५ हजार पाँच सय २५ पुरस्कार र मेडल प्रदान गरिनेछ ।



  • प्रकाशित मिति : २२ मंसिर, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया