logo-img

इसाखिलकाे अर्धशतकमा चितवनले सुदूरपश्चिमलाई दियो १६५ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको दोस्रो खेलमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई १ सय ६५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ रोजेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनायो । 

उसका लागि ओपनिङ ब्याटर हसन इसाखिलले अर्धशतकीय पारी खेले । ५२ बलको सामना गरेका उनले ६ चौका र तीन छक्कासहित सर्वाधिक ६५ रन बनाए । 

यस्तै, रवि बोपाराले ३६, विपिन रावलले १७ र कुशल मल्लले १३ रन जोडे । सुदूरपश्चिमका लागि स्कट कुग्लाइनले दुई, ब्रान्डन म्याकमुलेन, कप्तान दीपेन्द्र सिंह ऐरी र सैफ जैबले एक/एक विकेट लिए । 



जारी सिजनमा सुदूरपश्चिम अपराजित छ । उसले तीन म्याच खेल्दा सबैमा जित निकालेको छ । चितवनले तीन म्याच खेल्दा दुईमा जित र एक खेलमा हार बेहोरेको छ । 





  • प्रकाशित मिति : मंसिर २३, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया