logo-img

भारतलाई हराउँदै बंगलादेशले जित्यो यू-१९ एसिया कप

११औँ संस्करणको यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको उपाधि बंगलादेशले जितेको छ । आइतबार भएको फाइनल खेलमा भारतलाई ५९ रनले हराउँदै बंगलादेशले लगातार दोस्रोपटक उमेर समूहको एसिया कपको उपाधि जितेको हो ।

उसले गत संस्करणको एसिया कप फाइनलमा यूएईलाई १९५ रनले हराउँदै पहिलोपटक उपाधि जितेको थियो । भारतले भने सन् २०२१ यता यू–१९ एसिया कपको उपाधि जित्न सकेको छैन । यसपटक फाइनलमा बंगलादेशले दिएको १ सय ९९ रनको लक्ष्य पछ्याएको भारत ३५.२ ओभरमा १ सय ३९ रनमै समेटियो ।

उसका लागि मोहम्मद अमानले २६, हार्दिक राजले २४, केपी कार्तिकेयले २१, सी आन्द्रे सिद्धार्थले २० र चेतन शर्माले १० रन जोडे । बंगलादेशका लागि इकबाल होसेन इमोन र अजिजुल हाकिमले तीन/तीन विकेट लिए ।

त्यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेयिडममा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश ४९.१ ओभरमा १ सय ९८ रनमा अलआउट भयो ।



उसका लागि रिजन होसनेले ४७, मोहम्मद शिहाब जेम्सले ४०, फरिद हसनले ३९ र जावाद अबरारले २० रन बनाए । भारतका लागि चेतन शर्मा, युद्धजित गुहा र हार्दिक राजले सर्वाधिक दुई/दुई विकेट लिए । 

यसपटकको यू–१९ एसिया कपमा नेपालको पनि सहभागिता थियो । समूह चरण पार गर्न नसकेको नेपालले बंगलादेश र श्रीलंकासँग पराजय बेहोर्दा अफगानिस्तानविरुद्ध एक विकेटको रोमाञ्चक जित निकालेको थियो । 





  • प्रकाशित मिति : मंसिर २३, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया