साताको दोस्रो कारोबारको दिन पनि नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्ला दुई दिनदेखि घटिरहेको नेप्सेले आजपनि त्यसैलाई निरन्तरता दिएको हो ।
आज नेप्से परिसूचक १२.८४ अंकले घटेको हो । उक्त गिरावटसँगै नेप्से २६७६.१५ विन्दुमा झरेको छ । त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स १.३६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.८३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५२ अंक घटेको छ ।
अघिल्लो कारोबार दिन करिब साढे ७ अर्बको सेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१७ स्टकको ६२ हजार ७५८ पटकको कारोबारमा ५ अर्ब ६२ करोड ९९ लाख ४५ हजार रुपैयाँ बराबरको १ करोड १५ लाख २३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।