logo-img

प्रचण्डले भने- रविविरुद्ध सरकारले प्रतिशोधपूर्ण व्यवहार गर्‍यो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सरकारले अमानवीय र प्रतिशोधपूर्ण व्यवहार गरिरहेको प्रतिक्रिया दिएका छन् । 

लामिछानेलाई पोखराबाट काठमाडौं विमानस्थल हुँदै सोमबार पर्सा पठाउन लागिएको बेला प्रचण्डको यस्तो प्रतिक्रिया आएको हो ।

‘अदालतबाट दोषी ठहर नभएका, अत्यधिक जनमतद्वारा निर्वाचित रास्वपा सभापति रवि लामिछानेमाथि सरकारले जुन निरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहार गरिरहेका छ त्यसको निन्दा गर्दछु र त्यस प्रकारको व्यवहार रोक्न गम्भीर आग्रह गर्दछु,’ प्रचण्डले सामाजिक सञ्जालमा लेखेका छन् ।







  • प्रकाशित मिति : मंसिर २४, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया