logo-img

रौतहटमा स्कार्पियो दुर्घटना, ८ यात्रुको मृत्यु

रौतहटको चन्द्रपुर नगरपालिकास्थित पूर्वपश्चिम राजमार्गको धन्सार–लमाहा खण्डमा मंगलबार बिहान स्कर्पियो दुर्घटनामा परेको छ । 

बाराको पञ्चवर्षीय गढीमाई मेलाबाट सिरहा फर्किरहेको स्कार्पियो रौतहटमा दुर्घटना भएको हो । उक्त दुर्घटनामा परेर आठ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चालकसहित ८ जना छन् । बालबालिकासहित थप ४ जना घाइते छन् । 

गढीमाई दर्शन गरेर सिराहा फर्कँदै गरेका दर्शनार्थी चढेको बा १६ च ३१६२ नम्बरको स्कर्पियो अनियन्त्रित भई रोडबाट तल खसेको प्रहरीले जनाएको छ । मृतकको सनाखत भइसकेको छैन । 







  • प्रकाशित मिति : मंसिर २५, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया