logo-img

दुर्गा प्रसाईंविरुद्ध मुद्दा दर्ता, सात वर्ष कैद सजायको माग

प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध मुद्दा दर्ता भएको छ । बुधबार जिल्ला अदालत काठमाडौंमा प्रसाईंविरुद्ध साइबर अपराध कसुरमा मुद्दा दर्ता भएको हो ।    

नेपाल प्रहरीको साइबर ब्यूरो (सिआईबी) ले प्रसाईंमाथि अनुसन्धान गरेर केही समयअघि नै सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको थियो । 

सिआईबीले उनीमाथि विद्युतीय (ईलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार र थप सजायको लागि राय दिएको थियो ।

त्यसअनुसार सरकारी वकिलले उनलाई दफा ४७ अनुसार उक्त कसुरअनुसार एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजायसम्म माग गरी मुद्दा दर्ता गरेको हो । 



प्रधानमन्‍त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा लगानी गरेको आरोप लगाएपछि सिआईबीले उनलाई यही ४ मंसिरमा भक्तपुरबाट पक्राउ गरेको थियो । 



  • प्रकाशित मिति : मंसिर २६, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया