सभामुखको निर्देशनमा प्रधानमन्त्रीले संसदमा बोलेका अमर्यादित शब्द हटाइयो

काठमाडौं–  प्रधानमन्त्री केपी शर्मा ओलीले गत वैशाख २४ गतेको संसदमा प्रतिपक्षी दल कांग्रेसका सांसदले उठाएको प्रश्नको जवाफ दिने क्रममा व्यक्त गरेका संसदीय मर्यादाविपरीतका शब्द संसदको अभिलेखबाट हटाइएको छ । सभामुख कृष्णबहादुर महराको निर्देशनमा संसदको अभिलेखबाट अमर्यादित शब्द हटाइएको हो । 

शुक्रबारको बैठक सुरु हुनेबित्तिकै सभामुख कृष्णवहादुर महराले प्रधानमन्त्रीले बोलेका अमर्यादित शब्दसँगै कांग्रेस सांसदले बोलेका कतिपय शब्द हटाउन   निर्देशन दिएका थिए । सभामुख महराले भने, ‘सरकारको नीति तथा कार्यक्रमबारे प्रधानमन्त्रीको स्पष्टीकरण र जिज्ञासाका क्रममा व्यक्त भएका संसदीय मर्यादाअनुकूल नभएका शब्द अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिन्छु ।’

सभामुखको निर्देशनपछि नेकपा सांसद खगराज अधिकारीले त्यस दिन प्रधानमन्त्रीविरुद्ध पनि गैरसंसदीय शब्द प्रयोग भएको बताउँदै ती शब्द पनि हटाइनुपर्ने बताएका थिए । सांसद अधिकारीको नियमापत्तिसँगै सभामुख महराले आफूले ती सबै शब्द हटाउन निर्देशन दिएको  बताए । त्यसपछिपछि मात्रै बैठक सुचारु भएको थियो ।

२४ गतेको संसद बैठकमा प्रश्न सोध्ने र जवाफ दिने क्रममा कांग्रेस सांसद र प्रधानमन्त्रीबीच भनाभन भएको थियो । 





  • प्रकाशित मिति : बैशाख २७, २०७६ शुक्रबार १३:३५:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया