शिक्षामा २५ प्रतिशत बजेट छुट्याउन माग

काठमाडौं– सत्तारुढ दलका विद्यार्थी संगठनले आगामी बजेटमा शिक्षामा २५ प्रतिशत बजेट छुट्याउन माग गरेका छन् । सत्तारुढ नेकपानिकट दुई भ्रातृ संगठनले यस्तो माग गरेका हुन् । 

शुक्रबार उनीहरूले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेललाई ध्यानाकर्षण पत्र बुझाउँदै सो माग गरेका हुन् । अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङ र अनेरास्ववियुका कार्यवाहक अध्यक्ष रश्मि आचार्य सहितको टोलीले आयोगका उपाध्यक्षलाई ज्ञापनपत्र बुझाए ।

नेपालको संविधानमा कक्षा १२ सम्मको शिक्षा निःशुल्क र कक्षा ८ सम्मको शिक्षा अनिवार्य गर्दै शिक्षालाई मौलिक हकको रुपमा किटानी गरेको छ ।





  • प्रकाशित मिति : बैशाख २७, २०७६ शुक्रबार १३:५३:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया