logo-img

जिबी राईको राहदानी रोक्का

सहकारीको बचत रकम अपचलन गरी फरार रहेका जिबी (गितेन्द्रबाबु) राईको पासपोर्ट राहदानी विभागले रोक्का गरेको छ ।  

जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले गरेको पत्राचारका आधारमा विभागले राईको पासपोर्ट रोक्का भएको हो । 

राईको बैंक खाता, मालपोतलगायत विभिन्न स्थानमा पनि कारोबार रोक्का गर्न पत्राचार गरिसकेको जिल्ला न्यायाधीवक्ता कमला काफ्लेले जानकारी दिइन् ।

यसअघि गत ३० वैशाखमा पनि राईको पासपोर्ट रोक्का वा रद्द गर्न भनेर कास्की प्रहरीले राहदानी विभागमा पत्राचार गरेको थियो । तर, त्यतिबेला उनको पासपोर्ट रद्द गर्न नमिल्ने निर्णय गरेको थियो । 



राहदानी ऐन, २०७६ अनुसार सहकारी ठगी कसुरका लागि राहदानी रद्द गर्ने प्रावधान नभएको हुँदा नमिल्ने निष्कर्ष थियो । पछिल्लो समय सम्पत्ति शुद्धीकरण र संगठित अपराध समेतमा जोडिएपछि राईको पासपोर्ट रोक्का गर्न बाटो खुलेको हो । 



  • प्रकाशित मिति : मंसिर २७, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया