काठमाडौं– इन्डियन प्रिमियर लिग आइपिएलको दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्स र चेन्नइ सुपर किंग्सबीच भिडन्त हुँदै छ । चेन्नइले टस जित्दै दिल्लीलाई ब्याटिङको निम्तो दिएको छ ।
दिल्ली र चेन्नइबीचको क्वालिफायर विशाखापट्टनममा नेपाली समयअनुसार साँझ ७ः४५ बजे सुरु भएको छ । दिल्लीले शुक्रबार पनि सनराइजर्स हैदरावादविरुद्ध खेलेको टोली नै मैदानमा उतार्ने भएको छ । नेपाली लेगस्पिनर सन्दीप लामिछाने शुक्रबारको खेलमा पनि बेञ्चमा नै रहनेछन् ।
समूह चरणमा दोस्रो स्थानमा यात्रा टुंग्याएको चेन्नइ पहिलो क्वालिफायरमा मुम्बई इन्डियन्ससँग हारेपछि दोस्रो क्वालिफायरमा आइपुगेको हो । तेस्रो स्थानको दिल्ली भने इलिमिनेटरमा सनराइजर्स हैदरावादलाई हराउँदै चेन्नइसँग प्रतिस्पधाए गर्न लागेको हो । शुक्रबारका विजेता टोलीले आइतबार फाइनलमा मुम्बईसँग प्रतिस्पर्धा गर्नेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।